Nepal Flag
स्वायत्तता, समानता र अधिकारका लागि युवा एकता

आदिवासी जनजाति युवा महासंघ, नेपाल

Youth Federation of Indigenous Nationalities, Nepal

Party Flag
1 आदिवासी जनजाति युवाहरूबीच एकता विकास गर्ने तथा आपसी भाइचारा र सौहार्दता मजबुत बनाउने। •
मेनु(YFNEPAL)

संस्थाको परिचय पृष्ठभुमी

Administrator 2026-09-05
सेयर गर्नुहोस्:
संस्थाको परिचय पृष्ठभुमी

संस्थाको परिचय पृष्ठभुमी 



 आदिवासी जनजाति युवा महासघं नेपाल सम्पुर्ण अदिवासी जनजाति युवाहरुको साझा, स्वतन्त्र,  गौरवशाली तथा अधिकारमुखि सामाजिक सस्था हो । आदिवासी जनजाति अग्रज युवाहरुको २०६७ सालमा  जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा दर्ता गरिएको हो । आदिवावसी जनजाति युवा महासंघले स्थापना देखिनै अदिवासीको पहिचान, भाषा, सस्कृति, भुमि, मुल्यमान्यता, परम्परागत संगठन, पेषाको पुस्ता  हस्तान्तरणको विषयमा काम गर्द अहिरहेकोछ । आदिवासी जनजातिका सवाल, हक अधिकार र पहिचानको  मुद्धाहरुलाई जोड्दै आफ्ना कार्यनितिक योजना सहित यो संगठन देशव्यापी रुपमा सञ्चालन विस्तार भएको  छ । देशव्यापी मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि संस्थाको सञ्जाल विस्तार गर्दै अघि बढिरहको छ । हाल  यस महासंघमा संम्पुर्ण आदिवासी जनजाति युवा संस्थाहरु आवद्ध रहनुको साथै प्रदेश, जिल्ला र स्थानिय तह  सम्म संगठन विस्तार गरि रहेकोछ । अदिवासी जनजाति युवा महासंघले आदिवासी जनजाति युवाहरुको  नेत्रित्व विकास, अदिवासीको सस्कृति आदान प्रदान, परम्परागत ज्ञानशिप पुस्ताहस्तान्तरण, कानुनी सशक्ति  करण, जलवायुन्याय, भुमी संरक्षण लगायतका कार्यक्रम कार्यशाला, अन्तरक्रिया, भेला सभा सम्मेलन र  तालिमहरु संचालन गर्दै आहिरहेको छ । यो संस्था अधिकार मुखि सामाजिक संस्था भएकोले अदिवासी  जनजाति र युवाहरुको मुद्धा र अधिकारको लागि सधै क्रियाशिल रहेको छ । 



समानुपातिक समावेसि व्यावस्थालाई थप प्रभावकारी वनाउदै संविधान र अन्तराष्ट्रिय कानुनहरुको पालना गर्दै  अधिकारको पैरवी गर्ने । सामाजिक न्याय, समानता र समतामुलक समाज निमार्णमा नेपाल सरकार देश तथा  विदेशका सामाजिक सस्थाहरु सग मिलि निरन्तर कार्य गर्दै आहिरहेकोछ र यसलाई थप प्रभावकारी गदै  लैजानेछ । यस संस्थाको मिति २०८२ वैशाख ६,७ र ८ गते ओखलढुङ्गामा सम्पन्न छैठौं संघिय महाधिवेशनले कार्यनीति सहित आगामि तीन वर्षको लागि नयाँ नेतृत्व चयन गरेकोछ ।



 



संस्थाको उद्देश्यहरुः



यस संस्थाको उद्देश्य देहाय वमोजिम रहेकोछ ः– 



१. बेरोजगार आदिवासी जनजाति युवाहरुलाई रोजगार, स्वरोजगारको वैकल्पिक व्यवस्थापन गरी उनीहरुको शैक्षिक,  मानसिक, आर्थिक, भौतिक र शारिरीक विकासको लागि क्रियाशील रहनेछ । 



२. अत्यन्त दुर्गम र पिछडिएका आदिवासी जनजाति बस्तीहरुको पहिचान गरि लोप हुन लागेका आदिवासी  जनजातिहरुको भाषा, लिपी, संस्कार, संस्कृती लगायत त्यस क्षेत्रको समग्र विकास गरी उनिहरुलाई अन्य  जातीसरह ल्याउन प्रयास गर्ने । 



३. आदिवासी जनजाति युवाको हक अधिकारको विषयमा शिक्षित बनाई सामाजिक न्याय अनुभोति गराउने ।  ४. विभिन्न जाति, भाषा, धर्म, पेशा, लिङ्ग, रङ्ग र क्षेत्रियताको आधारमा गरिने सम्पूर्ण भेदभाव असमानता र जातीय  विभेद एवं छुवाछुतको समस्या अन्त्यका लागी प्रयास गर्ने र समानताको पक्षमा वकालत गर्ने ।  ५ राष्ट्रियता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, मानवअधिकार र सारभूत एवं समावेशी लोकतन्त्रको पक्षमा सम्पूर्ण  आदिवासी जनजाति युवाहरुलाई सचेत र संगठित गर्ने । 



६. नेपालका आदिवासी जनजाति युवाहरुको बेरोजगारी र पछौटेपनको समाधानका लागी उनीहरुको वास्तविक अवस्था  र समस्याहरुको गहन अध्ययन गरी विविध तथ्याङ्कहरु एवं अभिलेख राखी युवा सम्बन्धी नीति निर्माण तय गर्ने ।



७. आदिवासी जनजाति युवाहरुलाई विभिन्न प्रकारका कुलत र दुव्र्यसनहरुबाट मुक्त गराई, नैतिक र चरित्रवान बनाई रचनात्मक काममा लाग्न अभिप्रेरित गर्ने गराउने । 



८. नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विशेषता बोकेका अनुसूचि बमोजिमका तथा सुचिउन्मुख  आदिवासी जनजातिहरुको इतिहास, भाषा, धर्म, संस्कृति, भेषभूषा, सामाजिक रहनसहन तथा मूल्यमान्यता र  ऐतिहासिक स्थल जस्ता पुरातात्विक महत्वका वस्तुहरु अध्ययन अनुसन्धान गरि संरक्षण र सम्वद्र्धन तथा राष्ट्रिय  तथा राष्ट्रिय पहिचानको लागि पहल गर्ने । 



९. बेरोजगार आदिवासी जनजाति युवाहरुलाई संविधानमा नै पूर्ण समानुपातिक समावेशीता रुपमा समावेश रोजगारीको  व्यवस्था गर्न राज्यसँग माग गर्ने । 



सम्पूर्ण आदिवासी जनजातिहरुबीच भातृत्व, सद्भावना तथा समझदारी कायम गरी साझा समस्या समाधान र  मानवअधिकार प्राप्तिको लागि एउटै छातामुनि बसी साझा भावनाको विकास गर्ने । 



१०. संगठित नभएका आदिवासी जनजातिहरुलाई संगठित गरि उनीहरुको जातीय संघसंस्था, तथा भातृ संगठनमा  समाहित गर्न प्रयास गर्ने र जातिगत युवा संगठनहरुलाई एकिकृत गरि आदिवासी जनजाति समुदायका हक अधिकारको लागि आवश्यक कार्यहरु गर्ने गराउने । 



११. देशभित्र र बाहिर रहेका समान उद्देश्य र भावना भएका भाइचारा संघ संगठनहरु तथा विदेशिएका आदिवासी  जनजाति युवाहरुसँग सम्पर्क र समन्वय कायम गर्ने । 



१२. अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको मानवअधिकारसम्बन्धी संयुक्त  राष्ट्रसंघीय घोषणापत्र–२००७ कार्यान्वयनको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने । 



१३. जलवायु परिवर्तनका कारण जैविक विविधता र आदिवासी जनजातिमा पर्ने असरको सम्बन्धमा अध्ययन,  अनुसन्धान, सभा, सम्मेलन, अन्तरक्रिया गर्ने र प्रतिवदेन तथा लेख रचनाहरु प्रकाशित गर्ने ।



१४. सुचिकरणका लागि छुटेका आदिवासी जनजातिहरुको पहिचान गर्दै सूचिकरणको लागि नेपाल सरकार लगायत  सम्बन्धित निकायमा पहल गर्ने ।



१५. आदिवासी जनजाति युवाहरुलाई वातावरणीय संरक्षण र जलवायू परिवर्तन लगायत युवाहरुको क्षमता विकासको  विषयहरुमा समुदायमा पैरवी गर्ने । 



१६. देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आदिवासी जनजातीय युवालाई जनसंख्याको आधारमा  समानुपातिक सहभागिता र कम्तिमा संघीय संसद, प्रतिनिधी सभा र प्रदेश सभाहरुमा एक एक प्रतिनिधी  समावेशीताको सुनिश्चिता गराउन पहल जारी राख्ने । 



१७. आदिवासी जनजाति अधिकार सम्बन्धी गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि संझौताहरुको अनुमोदन र  कार्यान्वयन गर्न गराउन पहल गर्ने ।

🎉 हार्दिक शुभकामना तथा सूचना

बडादशैं तथा शुभ दीपावलीको हार्दिक शुभकामना!

नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

Greeting Card Notice
पूरा हेर्नुहोस्
शुभकामना-पत्र पूरा पढ्नुहोस्